Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता

पुसभित्र विशेष महाधिवेशन हुन्छ, काठमाडौँमा भेटौँला:महामन्त्री गगन थापा

Reporter

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुङ्गोमा लाग्ने उनको भनाइ छ । पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रवारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ ।

उनले भने ‘अझै केही दिन प्रतीक्षा गर्छौँ, पार्टी सभापति, कार्यवाहक सभापतिज्यूहरूले पार्टी विधानको उल्लङ्घन गर्न पाइँदैन भन्ने कुरा उहाँहरू बुझ्नुभएको छ । एक दुई दिनभित्र आएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभयो र विशेष महाधिवेशन बोलाउनुभयो भने पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ । हामी पनि त्यही चाहन्छौँ । हामी अनुरोध गर्छौँ ।

यदि पार्टीको जिम्मेवार नेताले विधानको पालना गर्नुभएन भने मैले पार्टी महामन्त्री भएर यो कुरा टुलुटुलु हेरेर बस्न मिल्दैन । बस्न सक्दिनँ । विधानको धारा १७ (२) को पालना मैले गर्छु । विशेष महाधिवेशनको आयोजना गर्छौँ । यो पुसभित्रमा काठमाडौँमा नेपाली काँग्रेसको विशेष महाधिवेशनको आयोजना हुन्छ । कसले गर्छ भन्ने कुरा एक दुई दिनभित्रमा प्रस्ट हुन्छ । देशभरिका महाधिवेशन प्रतिनिधि साथीहरूलाई अनुरोध गर्न चाहन्छु, तपाई पुस मसान्तमा काठमाडौँमा आउने कुराको लागि औपचारिक निम्तो केही दिनमा आउँछ । काठमाडौँमा भेट हुन्छ ।’

उनले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गरे । उनले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको