Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

उच्चपदस्थलाई ज्यान मार्ने धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ

Reporter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिई आतंक मच्चाउने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ परेका छन् ।

काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस सहरबाट पक्राउ परेका हुन् । ब्युरो अफ इमिग्रेसन (बीआई)ले फिलिपिन्स राष्ट्रिय प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो । बीआईले विज्ञप्तिमार्फत पक्राउसम्बन्धी जानकारी दिँदै जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट जारी डिफ्युजनका आधारमा पाठकलाई पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेसनले विज्ञप्तिमार्फत जनाएको हो ।

पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेसनले गराएको छ । उनीमाथि निष्कासन (डिपोर्टेसन) प्रक्रिया सुरु गरिएको पनि बताइएको छ । पाठकलाई भ्रष्टाचारमा लिप्त रहेका नेपालकै केही बिचौलिया, माफिया र सरकारी निकायमा कार्यरत व्यक्तिहरूले प्रयोग गरेको हुनसक्ने बताइएको छ ।

पाठकलाई नेपाल ल्याइएपछि नेपाल प्रहरीले उनलाई प्रयोग गर्ने व्यक्ति वा समूहको खोजतलास गर्न सक्ला वा नसक्ला भन्ने बारेमा प्रश्न सिर्जना भएको छ । आपराधिक पृष्ठभूमिका पाठक यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम) जाँच गर्दा चारवटा कसुरमा मुद्दा चलेको खुलेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको