Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा ओलीको निर्णयले दुई प्रभावशाली नेता आउट, एमालेले नयाँ अनुहार अघि सार्‍यो

ओली र दाहालबिच भेटवार्ता

Reporter

kp-oli_prachanda

राष्ट्रिय सभा निर्वाचनअघि शीर्ष दलका नेताहरूले छलफल बढाएका छन्। प्रमुख नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू चुनावी तालमेलको दौडधुपमा छन्।

यस सन्दर्भमा आइतबार (आज) बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबिच भेट भएको छ। दुई नेताबिच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा मुख्य छलफल भएको जनाइएको छ। तर कुराकानीबारे आधिकारिक रूपमा जानकारी गराइएको छैन।

दाहालले नयाँ दिल्ली भ्रमणमा जानुअघि ओलीसँग यो भेट गरेका हुन्।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ। जसमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत भएका हुन्। बाँकी १८ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको