Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

काठमाडौंमा बढ्यो जाडो , तापक्रम ३ डिग्रीमा झर्‍यो

Reporter

काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडो बढेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । यसले गर्दा जाडो बढेको हो ।

मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज काठमाडौंमा ३.७ डिग्रसी सेल्सियस मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ ।

काठमाडौंमा आइतबारदेखि सुर्य पनि कम देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ । जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकोले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको