Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस

Reporter

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो ।

भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो ।

बस्नेतले आफूलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस प्रक्रिया सहज बनाउन दाबेदारी फिर्ता लिएकोमा राजथला र श्रेष्ठलाई फेसबुकमार्फत् धन्यवाद दिएका छन् ।

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट रामप्रसाद सापकोटा (दीपशिखा) सिफारिस भएका छन् ।

भक्तपुर क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा महेश बस्नेत निर्वाचित भएर उद्योग मन्त्री समेत बनेका थिए । तर २०७९ सालको निर्वाचनमा उनलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले हराएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको