
माघ — ९, रुकुम ।
रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिका–३, माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् ।
चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीकाअनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् ।
त्यस्तै, जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् ।
चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
चट्याङ लाग्दा जीतबहादुरको चारकोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको बताइएको छ ।
(रासस)
लोकप्रिय समाचार