Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

भेनेजुएलाका घटनाक्रमप्रति नेपाल सरकारको चासो, संयमता अपनाउन आह्वान

Reporter

नेपाल सरकारले भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यहाँका घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको हो ।

“नेपाल सरकारले भेनेजुएलामा भएका हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको छ,” परराष्ट्र मन्त्रालयले भनेको छ, “नेपालले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनाव बढाउने कार्यहरू नगर्न आह्वान गर्दछ ।”

नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने कुरालाई महत्त्व दिने विज्ञप्तिमा उल्लेख छ ।

“संवाद, कूटनीति र आपसी समझदारीमार्फत विवाद शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा नेपालले जोड दिन्छ,” परराष्ट्रले भनेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको