Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

Reporter

citizenship nagarikta

सरकारले नेपाल नागरिकता नियमावली २०६३ को चौथो संशोधन स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ।

मन्त्रिपरिषद्बाट पौष ११ गते स्वीकृत उक्त संशोधित नियमावली पौष २१ गते नेपाल राजपत्रमा प्रकाशन भएसँगै लागू भएको हो। यसलाई कार्यान्वयनमा लैजान गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिसकेको छ।

यसअघि गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल नागरिकता (दोस्रो संशोधन)ऐन २०८२ ले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो। सो ऐनका प्रावधानलाई व्यवहारमा लागू गर्न नियमावली संशोधन गरिएको गृह मन्त्रालयले जनाएको छ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको