विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको आग्रह महामन्त्री गगन थापाले अस्वीकार गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले राखेको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरेका हुन् ।
महाधिवेशनको कार्यसूची आइसकेकाले यस्तो बेलामा विशेष महाधिवेशन आवश्यक नभएको भन्दै विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेका थिए । त्यो अपिल थापाले अस्वीकार गरेका हुन् ।
बैठकमा महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’
लोकप्रिय समाचार

