Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

भारतीय सुपरस्टार संजय दत्त काठमाडौं आइपुगे, नेपाली टोपीसहित भव्य स्वागत

Reporter

भारतका चर्चित सुपरस्टार संजय दत्त काठमाडौं आइपुगेका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई नेपाली संस्कृति झल्किने नेपाली टोपी लगाइदिएर भव्य रूपमा स्वागत गरिएको छ ।

काठमाडौं आगमनसँगै संजय दत्तको उपस्थितिले प्रशंसकहरूमा उत्साह थपिएको देखिएको छ । विमानस्थलमा उनलाई स्वागत गर्न आयोजक पक्ष तथा नेपाली चलचित्र क्षेत्रका केही प्रतिनिधिहरूको उपस्थिति थियो ।

नेपाली टोपी लगाएर अभिवादन गरिनु नेपालप्रतिको सम्मान र आत्मीयताको प्रतीकका रूपमा हेरिएको छ ।

 उनको आगमनसँगै नेपाली मनोरञ्जन क्षेत्रमा भारतीय सुपरस्टारको उपस्थितिले थप चर्चा र चासो सिर्जना गरेको छ ।

ठमेलस्थित होटल बाराहीमा सञ्चालनमा आउन लागेको ‘बादशाह क्यासिनो’ को उद्घाटनका लागि उनी विशेष अतिथिको रूपमा नेपाल आएका हुन्।

क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् ।

उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउँदैछ ।

लामो समयदेखि बलिउडमा आफ्नो सशक्त अभिनयबाट छुट्टै पहिचान बनाएका संजय दत्तको नेपाल भ्रमणले दुई देशबीचको सांस्कृतिक तथा मनोरञ्जन क्षेत्रको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको