Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा आमन्त्रण गरिएको छैन: एनआरएनए अमेरिका

Reporter

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भइरहेका बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै अमेरिकामा परिषद्को तर्फबाट युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं । साथै परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।”

प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संलग्न, स्वीकृत वा सम्बन्धित नरहेको पनि स्पष्ट पारेका छन् ।

“परिषद्को आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, फन्डराइजिङ वा गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य हुनेछन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिबारे संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको