Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

Reporter

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन्।

कांग्रेसभित्र विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेता–कार्यकर्ताहरू विभाजित भई विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न लागेका थिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन हुने जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियालाई दिएका थिए।

तर पछि मुख्यसचिव पौडेलले नै अर्को सूचना जारी गर्दै उक्त पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराएका छन्। इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचारसमेत गरिएको थियो। यद्यपि, पत्रकार सम्मेलन एकाएक किन स्थगित गरियो भन्ने विषयमा आधिकारिक कारण खुलाइएको छैन।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल अघि नबढाउन अपिल गर्ने निर्णय गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको