Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

५ लाखभन्दा बढीको नगद कारोबार रोक्न राष्ट्र बैंकको निर्देशन

Reporter

Nepal-Rastra-Bank

सरकारले आगामी माघ १ गतेदेखि लागु हुने गरी ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै त्यसको कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार (पुस २५) एक सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पत्र जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित यी सूचनाहरू सोही बमोजिम कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई सूचित गरेको छ ।

नगद कारोबारको नयाँ सीमा र सर्तहरू सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को अधिकार प्रयोग गर्दै सरकारले नगद कारोबारको सीमा तोकेको थियो थियो । नयाँ व्यवस्थाअनुसार अब कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा, वस्तु वा अन्य कुनै पनि कारोबार गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत वा बैंकिङ उपकरण (चेक, ड्राफ्ट आदि) प्रयोग गर्नुपर्नेछ ।

यद्यपि, केही विशेष अवस्थाहरूमा भने यो सीमा लागु हुने छैन । जसअन्तर्गत बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन, बचत वा विदेशी मुद्रा सटही गर्दा, बैंकबाट लिएको कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्दा र वित्तीय संस्थाहरूबीच हुने नगद कारोबारमा भने बैंकिङ प्रणाली अनिवार्य छैन ।

यससँगै उपयुक्त स्रोत र प्रयोजन खुलाएर नगद बोकी एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा र निक्षेपकर्ताले मनासिब कारण देखाई नगद भुक्तानीका लागि निवेदन दिएमा र बैंकलाई सो कारण उचित लागेमा तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो व्यवस्था लागु भएपछि २०७३ चैत १० गते प्रकाशित पुरानो सूचना खारेज हुने उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको