Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

आज शनिबारः शनिदेवको कृपाले जीवनमा नयाँ ऊर्जा

Reporter

आज शनिबारको दिन शनिदेवको विशेष पूजा–आराधना गर्ने दिन मानिन्छ। धार्मिक विश्वासअनुसार शनिदेवलाई प्रसन्न पार्न सके जीवनमा सकारात्मक ऊर्जा, शान्ति र सफलता प्राप्त हुने विश्वास गरिन्छ। शनिदेवको व्रत तथा पूजा गर्नुअघि उनीसँग सम्बन्धित केही महत्वपूर्ण तथ्य जान्नु आवश्यक हुन्छ।

शनिदेवलाई कर्मफलदाता देवता मानिन्छ। मान्यताअनुसार उनले मानिसले गरेका कर्मअनुसार फल प्रदान गर्छन्। शनि देव सूर्यदेवका पुत्र हुन् भने उनकी आमा छायादेवी हुन्। यमराज उनका भ्राता तथा यमुना उनकी बहिनी हुन्।

धार्मिक ग्रन्थहरूमा कडा परिश्रम, अनुशासन र धर्मको मार्ग अनुसरण गर्ने व्यक्तिलाई शनिदेवले विशेष कृपा गर्ने उल्लेख छ। शनिदेवको अशुभ प्रभावबाट बच्न प्रत्येक शनिबार तेल दान गर्नु शुभ मानिन्छ।

शनिबारको दिन शनिदेवसँगै पिपलको वृक्षको पूजा गर्नु विशेष फलदायी मानिन्छ। पिपलको बोटमा पानी चढाउने र खुर्सानी चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। यसैगरी कालो तिल दान गर्नु तथा छालाका जुत्ता–चप्पल दान गर्नु पनि शुभ मानिन्छ।

हरेक शनिबार शमीको रूखको पूजा गर्न सिफारिस गरिन्छ। साथै शनिबार हनुमानजीको मन्दिरमा सर्स्यु तेलको दीप प्रज्वलन गरी हनुमान चालीसाको पाठ गर्नाले शनिदेवको कष्ट शान्त हुने धार्मिक विश्वास रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको