Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपासँग एकता संकटमा, कुलमान घिसिङ छुट्टै अघि बढ्ने तयारीमा

Reporter

एकता सम्झौता गरेको दुई साता नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीच दूरी बढेको छ। तत्काल नयाँ सहमति नबने उज्यालो नेपाल पार्टी (उनेपा) रास्वपाबाट अलग हुने निश्चितप्रायः देखिएको कुलमान निकट नेताहरूले बताएका छन्।

शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँग भएको छलफलबाट पनि सहमतिको आधार नबनेपछि कुलमान छुट्टै अघि बढ्ने निष्कर्षमा पुगेका छन्। वरीयता, केन्द्रीय समितिमा संख्या र समानुपातिक सांसदको सुनिश्चितताबारे चित्तबुझ्दो सहमति नजुटेको उनको असन्तुष्टि छ।

उज्यालो नेपाल पार्टीका नेताहरूसँगको भेलापछि कुलमानले आफ्नै नेतृत्वमा पार्टी अगाडि बढाउने संकेत दिएका छन्। रास्वपासँग मिल्न नसकिने अवस्थामा ‘प्लान बी’ अनुसार प्रत्यक्ष चुनाव उज्यालोबाट र समानुपातिकका लागि अर्को दलसँग सहकार्य गर्ने विकल्पमा उनीहरू केन्द्रित भएका छन्।

यद्यपि केही नेताहरू अझै पनि रास्वपासँगको एकता नतोड्न प्रयासरत छन्। तर सहमतिको कार्यान्वयन र सम्मानजनक व्यवहार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरू कुलमानमाथि अलग बाटो रोज्न दबाब बढाइरहेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको