Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्‍यो : अध्यक्ष कुलमान घिसिङ

Reporter

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन्।

शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताए।

उज्यालो नेपाल पार्टीले पदको ठूलो ठूलो मोलभाउ गर्यो भनेर मिडियामा आएका कुराहरु सरासर गलत भएको भन्दै आफूहरु सहमति टुंगाउने पक्षमा रहेको बताए।

उनले भने, ‘जुन किसिमले मिडियामा धेरै कुराहरु आएको छ। हामीले पदको ठूलो ठूलो मोलभाउ गर्यौ भनेर त्यो सरासर गलत हो। म आफैं पनि उपाध्यक्ष त्यो भने वर्गीयताको क्रममा धेरै तल भएपनि मैले सहेर गएको थिए र मैले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको थिए। म एउटा साधारण सदस्य भएर बस्छु हाम्रो केन्द्रीय सदस्यहरुलाई मिलाएर अगाडि बढौं पनि भनेको थिए। तर उहाँहरुले धेरै समय लिनुभयो र अन्तिममा आएर एकतर्फि रुपमा उहाँहरुले यो सहमति भंग भएको घोषणा गर्दिनुभयो, हामीले गरेको होइन।’

यस्तै, उनले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेको उल्लेख गर्दै त्यो सहमति आज अत्यन्तै हिनताबोधका साथ छोड्नुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘यो पार्टीलाई मेरो नेतृत्वमा देशव्यापी रुपमा प्रभावकारी रुपमा अगाडि बढाउने छु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु। हामीले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेका थियौं। पुष १४ गते भएको उक्त सहमति आज २६ गते भयो अत्यन्तै हिनताबोधका साथ हामीले अगाडि बढाउनुपर्ने अवस्था आयो। सहमतिहरुमा हाम्रो कुनै प्रकारको ठूलो माग पनि थिएन्। यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउँ भन्ने हाम्रो माग थियो।’

यो १२ दिनसम्म हामीलाई रोकेर राखेर रास्वपाले ठाँउ ठाँउमा उनेपाका सदस्यहरुलाई पार्टी प्रवेश गराएको पनि उनको आरोप छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको