Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

Reporter

एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले एक्सेटर सिटीको पोस्टमा १० गोल गरेको छ। घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ४ गोल गरेको सिटीले दोस्रो हाफमा ६ गोल गरेको हो।

सिटीका लागि खेलको १२ औं मिनेटमा म्याक्स एलेनले गोल गर्दै अग्रता दिलाएका थिए। अर्को गोल रोड्रीले गरे भने पहिलो हाफमै एक्सेटरले आत्मघाती प्रहार गर्दै दुई गोल उपहार दिएको थियो।

पहिलो हाफमै ४–० ले पछाडि परेको एक्सेटर सिटीले दोस्रो हाफको दबाब थेग्न सकेन। सिटीका लागि इस्को लुइसले दुई गोल गरे भने एन्टोइन मेसेन्यो, तिजानी रोन्डर्स, निको ओराइली र रायन म्याकडुले थप गोल गरे।

एक्सेटर सिटीका लागि सान्त्वना गोल अन्तिम मिनेटमा जर्ज बिर्चले गरेसँगै खेल १०-१ गोल अन्तरमा सकिएको हो। यो नमिठो हारसँगै एक्सेटरको एफए कप यात्रा सकिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको