Logo
02 Dec 2024    १७ मंसिर २०८१, सोमबार

ताजा खबर

बेइजिङ पुगे प्रधानमन्त्री ओली आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह एक सातामै धरहराबाट उठ्यो १५ लाख रुपैयाँ राजस्व काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा समस्या

admin

Tribhuvan International Airport

काठमाडौं — १३, माघ ।

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ ।

काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो ।

बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए ।

तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमा केहीबेरअघि १६ सय मिटर भिजिबिलिटी थियो ।

यो भिजिबिलिटीमा ‘मल्टि जेट’ इन्जिन जहाज उडान गर्न सकिन्छ तर अवतरण गर्न कठिन हुन्छ ।

आन्तरिकतर्फका सबै उडान अवतरण बन्द छन् । केही हेलिकोप्टरले उडान शुरु गरेका छन् ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय भिजिबिलिटी भएपछि अन्तर्राष्ट्रिय उडानका ८ देखि १० वटा जेड विमानले उडान भरेको जानकारी दिए ।

उक्त भिजिबिलिटी घटेर अहिले एक हजारमा पुगेपछि पुनः उडान अवतरण बन्द गरिएको छ ।

मौसममा क्रमिक सुधार आइरहेकाले अबको २० देखि २५ मिनेटभित्र उडान अवतरण सुचारु हुने एटीसी प्रमुख भण्डारीको भनाइ छ ।

उनका अनुसार एक हजार भिजिबिलिटीमा हेलिकोप्टरले मात्र उडान भर्न सक्छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरिकन सानो जहाजलाई १६ सय देखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ ।

आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको