Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

मिस्टर विश्वकर्मा प्रतियोगिता हुने

admin

 

परिबर्तनको लागि हाम्रो आवाज भन्ने मुल नाराका साथ नेपालमै पहिलो पटक मिस्टर विश्वकर्मा प्रतियोगिता सञ्चालन हुने भएको छ ।
पुरातन सोच बिरुद्द जातिय पहिचानका लागि परिवर्तन इभेन्ट हाउस प्रा.लि. ले उक्त प्रतियोगिता आयोजना गरेको हो ।
जातिय विविधताले भरिएको नेपालमा आफ्नो पहिचान, अधिकार, आफुसँग भएको कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न पहिलो पटक नेपालमा आयोजना गर्न लागेको आयोजक सतिति ले बताएका छन् ।

विशेष बिश्वोकर्मा समुदायलाई प्रतिनिधित्व गर्दै नेपालमा हुन लागेको यो पहिलो प्रतियोगिता भएको आयोजकले दावी गरेका छन् ।
नेपालकै जातीयता भित्रको ठुलो सौन्दर्य प्रतियोगिता मिस्टर बिस्वकर्मा –२०१७ आयोजना गर्न लागिएकोमा आयोजकहरु उत्साहित देखिएका छन् । पहिलो चरणको अडिसनपछिको मिस्टर विश्वकर्माको देस्रो अडिसन भने साउन १४ मा हुने जनाए ।

नेपालमा वर्षिने एक सय भन्दा बढि सौन्दर्य प्रतियोगिता हुने भएता पनि यो प्रतियोगिता भने विशुद्ध युवाहरुको व्यक्तित्व विकास, सञ्चार क्षमता र उनीहरुमा भएको आत्मविश्वास अभिवृद्धि गराउने कोषेढुंगा सावित हुने आयोजकहरु बताउँछन्।
नेपालमा पछिल्लो समय भैरहेको सौन्दर्य प्रतियोगितामा भए गरेका कमि कमजोरीहरुका वारेमा अन्य प्रतियोगिताका विजेता, उपविजेता एंव सहभागिहरु सँग वृहत छलफल गरेर मात्र यो कार्यक्रम सुरु गर्न लागिएको हो ।

प्रतियोगिताको संयोजन युवा पुस्ताका चर्चित एमसी राज बराइली रहेका छन् । परिवर्तन इभेन्ट हाउसको म्यानेजमेन्ट रहने यस सौन्दर्य प्रतियोगिताको मुख्य उद्देश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि वा अन्य सल्लाह सुझावका लागि आयोजकलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
राज बराइली, ९८०८३६६५४०, सोनिया जि.आर ९८४९४५९८४८

Audition Date: 2074 Shrawan 14, (Saturday)
Venue: Hukum Food Land , New Baneshwor ,ktm
Time : 11:00 am to 3:00 pm
Contact : 9813483533,9843805827


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको