काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताको कार्यभार सम्हालेका छन्। आइतबार उनी बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
यसअघि आइतबारै बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि उनी बनस्थली पुगेर रास्वपाको प्रतीक घण्टी बजाएका थिए।
उनीसँगै जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका थिए।
घण्टीघरमा बालेन शाहलाई स्वागत गर्न समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। उनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टी कार्यालयमा स्वागत गरेका थिए।
लोकप्रिय समाचार

