Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

‘पहाड खनेर मुसा निकालेजस्तै’: चिकित्सा शिक्षा विधेयक

admin

bibekshil nepali

काठमाडौं — १३, माघ ।

विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा विधेयक ‘पहाड खनेर मुसा निकालेजस्तै’ भएको बताएको छ ।

राजधानीमा आइतबार सो पार्टीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौताविपरीत विधेयक पारित भएको भन्दै विरोधस्वरुपद्ध प्रदर्शन र सभा आयोजना गरेको थियो । सभामा सो पार्टीका प्रवक्ता डा. सुर्य आचार्यले भने, ‘चिकित्सा शिक्षा विधेयक पहाड खनेर मुसा निकालेजस्तै छ, संसदीय सर्वोच्चता जनताको हितमा वा सीमित व्यापारीको हितमा प्रयोग गर्ने हो ? यो आजको यक्ष प्रश्न हो ।’

सभामा मुगुको विकट मुर्मा गाविसमा स्वास्थ्य चौकी स्थापनाका लागि अगुवाई गरेका समाजसेवी एवं अभियन्ता बिर्खबहादुर रोकायाले कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँच नहुँदा आफ्ना तीन छोरा गुमाउनु परेको पीडा सुनाए ।

राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

(इमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको