Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा

admin

काठमाडौं — १३, माघ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा उत्रिएका छन् ।

सरकार संसदीय मर्यादा विपरीत चलेको आरोप लगाउँदै नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आज काठमाडौंमा सरकारको विरोध गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले चिकित्सा शिक्षा विधेयक खारेज गर्नु पर्ने, आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न नहुने, अनसनरत डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ताले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रदर्शनलाई ध्यानमा राखी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको