Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

चिकित्सक संघले भोलिदेखि देशभर प्रा.डा. केसीको समर्थनमा रिले अनशन गर्ने

admin

ctevt

काठमाडौं — १३, माघ ।

नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ ।

आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले रिले अनसन शुरु गर्ने निर्णय गरेको हो ।

आज काठमाडौका चिकित्सकहरुलाई शिक्षण अस्पताल महराजगञ्जमा भेला गरेर संघले रिले अनसनमा सहभागी हुन आह्वान गरेको छ । चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले दुई तिहाइको दम्भ देखाएर ३ करोड जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले सरकारले डा.केसीको माग पूरा नगरे जस्तोसुकै आन्दोलनमा उत्रन तयार रहेको चेतावनी पनि दिए ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा.केसी १९ दिन देखि अनशनमा छन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको