Logo
04 Feb 2023    २१ माघ २०७९, शनिबार

ताजा खबर

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो) नेपाल एयरलाइन्सको टिकट अनलाईनबाट काट्न सकिने सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए मलेसियाका गृहमन्त्री नेपाल आइपुगे सुनको मूल्यमा नयाँ रेकर्ड

कुवेर गिरी र गौतम सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा सम्मानित हुदै

admin

काठमाडौं/ सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई सम्मान गरिने भएको छ । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४मा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतम र रङ्ग पत्रकारिता सम्मान कुवेर गिरीलाई सम्मानित गरिने भएको हो । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आज एक कार्यक्रमको आयोजनाबीच उत्कृष्ट पाँचलाई मनोनयपत्र वितरण गर्ने कार्यक्रममा उक्त घोषणा गरिएको थियो ।

साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा उत्कृष्टबाट सर्वोत्कृष्ट छानिने आयोजक समितिका अध्यक्ष किरण अधिकारीले जानकारी गराए । ‘नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश प्रत्रिका प्रकाशन गर्दै आएका छौ । मोफसलबाट शुरु गरेको यो प्रतियोगिता अहिले राष्ट्रिय स्तरको गर्न सफल भएका छौ,’ किरणले भने ।
उत्कृष्ट पाँचलाई निर्णायक, अतिथिहरु आरसी कोइराला, दुर्गा रायमाझीलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने आयोजक समितिका सदस्य सचिव मनोज थापाले बताए । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा. लि.काठमाडौंले गर्ने भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको