Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक डोरी तान प्रतियोगितामा ब्रिजवाटर कलेजको उत्कृष्ट प्रदर्शन सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै

नेपाललाई इतिहासकै पहिलो एकदिवसीय क्रिकेट सिरिज जित्ने अवसर

admin

काठमाडौं — १४, माघ ।

नेपाली क्रिकेट टोलीसमक्ष इतिहासकै पहिलो एकदिवसीय सिरिज जित्ने अवसर जुरेको छ । नेपालले सोमबार युएईविरुद्ध अन्तिम एकदिवसीय खेल खेल्दै छ । युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपालले युएईलाई हराएमा इतिहासमै पहिलोपटक एकदिवसीय सिरिज जित्नेछ । गत चैतमा एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले चार वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको थियो । नेपालले आफ्नो पहिलो एकदिवसीय सिरिज नेदरल्यान्डविरुद्ध खेलेको थियो, जुन १–१ को बराबरीमा टुंगियो ।

दुवैलाई जित्ने दबाब
आइसिसी क्रिकेट एकेडेमीमा तेस्रो खेल हुनेछ । यसमा नेपाल र युएईलाई सिरिज जित्नुपर्ने दबाब छ । प्रतियोगितासँगै आइसिसीले जारी गर्ने एकदिवसीय वरीयतामा फड्को मार्नका लागि नेपालले जित निकाल्नु आवश्यक छ । आइसिसीको एकदिवसीय वरीयतामा स्थान बनाउन कम्तीमा चार खेल खेल्नुपर्छ । यद्यपि, नेपालले आइसिसीको कोटा पूरा गरिसकेको छ । तर, वरीयतामा प्रवेश गरेसँगै स्थानसमेत सुधार्न नेपालले युएईलाई तेस्रो खेलमा हराउनुपर्नेछ । यता युएई पनि वरीयता सुधार्न नेपाललाई हराउने योजनाका साथ मैदानमा प्रवेश गर्नेछ ।

बलर उत्कृष्ट फर्ममा
दोस्रो खेललगत्तै नेपाली बलरले उत्कृष्ट फर्ममा रहेको प्रमाणित गरेका छन् । सन्दीप लामिछाने, सोमपाल कामी तथा कप्तान पारसले दुवै खेलमा उत्कृष्ट बलिङ गरेका छन् । सोमपाल नेपालका लागि एकदिवसीय खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । उनले तेस्रो खेलमा पनि यस्तै प्रदर्शन गर्ने अपेक्षा छ । यता सन्दीप नेपाली टोलीका सदाबहार बलर बनिसकेका छन् । आवश्यक पर्दा सन्दीपले नेपाललाई ‘ब्रेक’ दिलाउने गरेका छन् ।

पारस पनि विकेट कन्डिसनअनुसार बलिङ गर्न सिपालु छन् । युएईविरुद्धको दोस्रो खेल धेरै अर्थमा महत्वपूर्ण रह्यो । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा कान्छो खेलाडीका रूपमा अर्धशतकीय इनिङ खेले । रोहितले आफू फर्ममा आएको संकेत गरेका छन् । ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल दोस्रो खेलमा अर्धशतक बनाउन चुके । तर, लामो इनिङ खेल्ने आत्मविश्वास उनले जगाएका छन् ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको