काठमाडौं — १४, माघ ।
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तेस्रो एकदिवसीय खेलमा टस जितेर बलिङ रोजेको छ । शृंखला १/१ को बराबरीमा रहेको छ ।
नेपालले पहिलो खेलमा ११३ रन मात्रै बनाउन सकेपछि ३ विकेटको पराजय भोगेको थियो।दोस्रो खेलमा नेपालले २४२ रन बनाउँदै १४५ रनको प्रभावशाली विजय हात पारेको थियो।आज हुने खेल विजय हात पारेमा नेपालले शृंखला २-१ ले आफ्नो पक्षमा पार्ने छ।
नेपालले सन्दीप जोरालाई डेब्यु गर्ने मौका दिएको छ। पहिलोपटक राष्ट्रिय टोलीमा परेका जोरालाई पवन सर्राफको स्थानमा खेलाइएको छ।
अलराउन्डर भए पनि पवनले पहिलो दुई खेलमा ब्याटिङ मात्रै गर्न पाएका थिए। पवन अफ स्पिनर पनि हुन्।
घाँसे विकेट भएका कारण टोलीमै रहेका देब्रेहाते स्पिनर ललितनारायण राजवंशीले पनि बलिङमा कमै मौका पाएका छन्।
(कान्तिपुर दैनिक)

लोकप्रिय समाचार