Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

लैंगिक विभेदविरुद्धको ‘सेल्फी विथ डटर अभियान’ विश्वव्यापी बन्दै

admin

selfie with daughter

काठमाडौं — १४, माघ ।

छोरीलाई सम्मान गर्न नसकेको वा नसिकाएका कारण समाजमा महिलामाथि हुने हिंसा सदैव बहसमा रहन्छ । तर एउटा सानो अभियानले पनि महिला हिंसा कम गर्न कति मद्दत गर्छ भन्ने उदाहरण बनेको छ, सेल्फी विथ डटर अभियान ।

सन् २०१५ मा भारत हरियाणाका सुनील जग्लानले सुरु गरेको यो अभियानलाई भारत सरकारले समेत प्रोत्साहन गर्दै राष्ट्रपति लगायतका विभिन्न व्यक्तिले छोरीसँगको सेल्फी पोष्ट गरेका छन् ।

सेल्फी विथ डटर अभियानको मुख्य उद्देश्य छोरी भएका परिवारलाई पनि समाजमा गर्व महसुस गराउनु र लैंगिक अनुपातमा सुधार ल्याउनु हो । भारत हरियाणाको जींद जिल्ला बिबिपुर गाउँका तत्कालिन मुखिया सुनिल जग्लानले शुरु गरेको यो अभियानलाई सफल बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै आमाबुबालाई छोरीसँगको सेल्फी सेयर गर्न आह्वान गरेका छन् ।

सन् २०१२ मा पहिलो सन्तानको रुपमा छोरी जन्मदा जग्लानले नर्सलाई अस्पलातमा मिठाई बाँड्न दिएको पैसा उनीहरुले छोरी जन्मिएकै कारण लिएनन् । छोरी जन्मिएकै दिन जग्लानले बिबिपुर गाउँको लैगिंक अनुपात जाँच गरे, जसले उनलाई निकै निराश बनायो । यही दिनबाट उनले आफ्नो गाउँको लैंगिक अनुपात सुधारकालागि अभियान सञ्चालन गर्ने निर्णय गरे ।

लैंगिक विभेदविरुद्धको अभियान कै क्रममा सन् २०१५ मा जग्लानले बेष्ट सेल्फी विथ् डटर प्रतियोगिता समेत आयोजना गरे । प्रतियोगितापछि पनि जग्लानको ह्वाटस् एप अकाउन्टमा विभिन्न देशबाट छोरीसँग खिचिएका फोटो आउन थाले । सेल्फी विथ डटर प्रतियोगिताको एक वर्षपछि जग्लानले सन् २०१६ जुनमा सेल्फी विथ डटर अनलाईन म्युजियम स्थापना गरे । यो म्युजियमको वालमा ३५ हजार ९ सय ६४ जनाले छोरीसँगको सेल्फी पोष्ट गरिसकेका छन् भने ८ लाख ३१ हजार ८ सय ८८ जना म्युजियमको भिजिटर छन् । अनलाईन म्युजियममा जुनसुकै देशबाट पनि फोटो पोष्ट गर्न मिल्ने सुविधा छ ।

अनलाईन म्युजियममा मिस इन्डिया २०१७ मानुषी चिल्लरका बाबु डा.मित्रबासु चिल्लर, महिला रेस्लरका गोल्ड मेडलिष्ट गीता फोगटका पिता मनोहरसिंह फोगटलगायतले छोरीसँगको फोटो पोष्ट गरेका छन् । सन् २०१७ मा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो छोरीसँगको फोटो पोष्ट गर्दै सेल्फी विथ डटर मोवाईल एप लन्च गरेका थिए । जसको सकारात्मक प्रभाव देखिएको छ, भारत सरकारले समेत यो अभियानलाई सहयोग गर्न थालिसकेको छ ।

विश्वका विभिन्न देशमा जस्तै नेपालमापनि लैंगिक विभेदविरुद्ध विभिन्न अभियान सञ्चालित छन् । छोरा र छोरीबीचको विभेद हटाउन यस्ता अभियान महत्वपूर्ण सावित भएको पाइन्छ । सन्तानप्रति गरिने विभेद त्यसमाथि पनि छोरा र छोरीबीचको विभेद अन्त्यका लागि सामाजिक जागरणको आवश्यकता त छ नै, यस्ता अभियानलाई विस्तार गर्दै लैजांदा सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको