Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

मोरङको विराटचोकमा टिपर ठक्करबाट बालिकाको मृत्युपछि तनाव, स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा

admin

biratchowk tipper accident

विराटनगर — १४, माघ ।

टिपरको ठक्करले ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएपछि सोमबार बिहानदेखि मोरङको विराटचोक तनावग्रस्त बनेको छ । त्यहाँ अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

गिट्टि–बालुवा बोकेर विराटनगर आउँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करले सुन्दर हरैंचा नगरपालिका ११ की लक्ष्मी ढकालको घटनास्थलमै मृत्युभएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिपरसहित अन्य ७ वटालाई आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो। आगो निभाउन पुगेका दमकललाई समेत स्थानीयवासीले अवरोध गरेपछि दमकल फर्किएका थिए।

प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले पूर्वमा सुकुना बजार, पश्चिममा बुधवार बजार, उत्तरमा विराटचोक र दक्षीणमा बेलेपुर क्षेत्रको बीच भागमा ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा जारी भएपनि आक्रोशित समूह बालिकाको शव सडकमै राखेर धर्नामा बसेका छन। त्यस क्षेत्रका स्थानीयवासीले विगतमा पटकपटक टिपर सञ्चालनमा रोक लगाउनुपर्ने माग राख्दै आएपनि स्थानीय प्रशासन र स्थानीय तहले अटेर गर्दै आएका थिए। त्यस क्षेत्रका अधिकांश जनप्रतिनिधि क्रसर उद्योग र टिपर व्यवसायी भएकै कारण स्थानीयको माग सुनुवाइ हुन सकेको थिएन।

आगजनीमा क्रसर व्यवसायी भीम पौडेलको एक, केरावारी गाउँपालिकाका प्रमुख रोहीत कार्कीको दुई र गोपाल साहको एक टिपरमा आगजनी भएको पुष्टी भएपनि बाँकी ३ वटा कसको हो भन्ने खुलेको छैन।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको