Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

निर्मला पन्त प्रकरणमा हामी निर्दोष छौँ : बम दिदीबहिनी

admin

bom sisters

काठमाडौं — १४, माघ ।

निर्मला पन्त हत्या प्रकरणमा शंकाको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गरे ।

मानव अधिकारकर्मीको झूठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा पीडित भएको बम दिदीबहिनीले बताए।

दिदी बविता बमले मानव अधिकारकर्मीको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको समाचारका कारण आफूहरुको चरित्र हत्या भएको भन्दै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गरिन्।
बहिनी रोशनी बमले आफूहरु निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्यका लागि घरमा आएको र दिउँसो २ बजे घरबाट फर्केको जानकारी दिईन्।

अनाहकमा दिदीलाई २० दिन र आफूलाई सात दिन प्रहरी हिरासतमा राखिएको बताउँदै वास्तविक हत्यारा पत्ता लगाएर निर्मलालाई न्याय दिन तथा आफूहरुको पीडा हटाइदिन बहिनी रोशनीले सरकारसँग माग गरे।

सामाजिक अभियन्ता सावित्री सुवेदीले वास्तविक अपराधी पत्ता लगाइ सरकारले कारवाही गर्नुपर्नेमा जोड दिँदै शंकाको घेरामा रहेका बम दिदीबहिनीको घरमा पुगेर सबै कुरा बुझ्दा हालसम्म दोषी प्रमाणित हुने कुनै सबुत नपाएको बताईन्।

बम दिदीबहिनीका आमा इन्द्रा बमले आफ्ना छोरी दुवै निर्दोष रहेको दाबी गरिन्। उनले मानव अधिकारकर्मीले गलत प्रतिवेदन दिएको तथा सञ्चारकर्मीले पनि अनावश्यक केरकार गरी दुःख दिएको बताईन्।
रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको