Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

यूएस बंगला जहाज दुर्घटनामा पाइलट दोषी, क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख

admin

us bangala

काठमाडौं — १५, माघ ।

चालकदलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको यूएस बंगला विमान दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले उक्त घटना हुनुमा मुख्य कारण विमानकै कमान्डर पाइलट अविद सुल्तानलाई दोषी देखाएको छ ।

२ घण्टा लामो उडानलाई अवतरण गराउने क्रममा फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको उक्त दुर्घटनामा विमानका ५२ वर्षीय क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख छ ।

बमबार्डियर कम्पनीको क्यू–फोर–हन्ड्रेड विमानका प्रशिक्षक पाइलटसमेत रहेका उनलाई आफ्नै महिला सहकर्मीले आत्मसम्मानमाथि प्रश्न गरेकाले उनी दु:खी रहेको उल्लेख गरिएको छ । यो कुरा उनले ककपिटमा उडानका क्रममा छेउको कोपाइलट सिटमा बसेकी सहकर्मी पृथुला रसिदलाई सुनाएको अडियो दुर्घटना जाँच आयोगका सदस्यहरूले सुनेका छन् । उनकी सहकर्मीले बंगलादेशमै छँदा उनको क्षमता तथा प्रतिष्ठामा प्रश्न गरेको संवाद ककपिटमा उनलाई विचलित बनाउने विषय बनेको छ ।

६७ यात्रु बोकेर ढाकाबाट आएको उक्त उडानमा क्याप्टेनले इन–रुटमा रहेका बेला तनाव दबाउन धूमपान पनि गरेको भेटिएको छ । ‘विमानमा धूमपान गर्न पाइँदैन । यूएस बंगलामा पनि धूमपान निषेधको नीति थियो । उक्त उडानमा पाइलटले धूमपान गरेका थिए,’ ६ सदस्यीय आयोगले ककपिट भ्वाइस रेकर्डर सुनेर प्रतिवेदनमा लेखेको छ ।

यसलाई उडान सुरक्षा उल्लंघन गरेको मानिन्छ । कम्पनीले भराउने ‘मेडिकल सेल्फ–डिक्लेरेसन’ फारममा उनले आफ्नो धूमपान गर्ने बानीबारे नखुलाएको र पछिल्लो समयको मानसिक तनावबारे पनि ढाकछोप गरेको भनिएको छ । बंगलादेशको एयरफोर्सबाट उडानयात्रा थालेका क्याप्टेनलाई डिप्रेसन देखिएपछिसन् १९९३ मा निकाला गरिएको देखिएको छ ।

यो घटना भएको नौ वर्षपछि उनी पुन: मनोचिकित्सकको मेडिकल जाँचबाट उडानका लागि योग्य बनेर फर्किएका देखिन्छन् । एयरफोर्समा उनले १० वर्ष फाइटर वायुयानलगायतका विमान उडाएका थिए । तीन वर्षअघि मात्रै यूएस बंगलामा छिरेका क्याप्टेनले काठमाडौंमा दुर्घटनामा परेको विमानमा मात्रै १७ सय ९३ घन्टा बिताएको रेकर्ड छ ।

२२ नेपाली २८ बंगाली र १ चिनियाँ नागरिकको मृत्यु भएको उक्त घटनामा विमानमा भने कुनै खराबी नभएको आयोगले जनाएको छ । विमान उडानयोग्य र नियमअनुसार नियमित मर्मत भएको भनिएको छ । ‘विमानको कुनै प्राविधिक कारणले उक्त दुर्घटना हुनु गएको प्रमाण भेटिएको छैन,’ आइतबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ । चालकदलका दुवै सदस्य उक्त उडानका लागि योग्य भए पनि क्याप्टेन सुल्तान दुर्घटना भएको अघिल्लो रात पर्याप्त नसुतेको पनि भेटिएको छ ।

जागिरे जीवनमा ५ प्रकारका विमानमा ५५ सय घण्टा आकाशमा बिताएका क्याप्टेन सुल्तान काठमाडौंमा थुप्रै पटक आए पनि २५ वर्षीया कोपाइलट पृथुलाको पहिलो उडान थियो । यो विमान कोटेश्वरतर्फको आकाशबाट प्रवेश गर्ने विन्दु (उड्डयन भाषामा जिरो–टु) बाट अवतरण गर्नुपर्ने थियो । त्यस दिन यो विमान ललितपुरबाट भक्तपुर हुँदै उत्तरी काठमाडौंतर्फ लागेको थियो ।

काठमाडौं विमानस्थलमा अवतरण गर्न उत्तरतर्फबाट पनि टु–जिरो नामको विन्दुबाट ‘प्रयास’ गरेका थिए । यो विन्दुबाट अवतरण गर्न हरेक चालकले तालिम लिएकै हुनुपर्छ । प्रतिवेदनले यस विमानकी कोपाइलटले यो विन्दुबाट हरेर अवतरण गर्ने तालिम नलिएको आंैल्याएको छ । दक्षता नभएकी पाइलटले विमान उडाइरहँदा क्याप्टेन सुल्तान भने ककपिट अनुशासन उल्लंघन गर्दै लामो–लामो संवादमा व्यस्त हुने गरेको देखिएको छ ।

विमान उडाउँदा र अवतरणमा क्याप्टेनले सम्हाल्नुपर्ने वा कोपाइलटलाई सघाउनुपर्ने हुन्छ । ‘कोपाइलटलाई कुनै विषय सिकाउँदा शान्त र व्यावसायिक देखिएका छन् तर अन्य विषयमा कुरा गर्दा भावनात्मक रूपमा विक्षिप्त देखिन्छन् ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको