
काठमाडौं — १५, माघ ।
प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।
अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन, निर्मला पन्तको हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका माग राख्दै विरोधमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा सुशील भट्ट, गणेश सापकोटा, निरन्जन थापा, रमेश बस्ताकोटी लागयतका रहेका छन् ।
प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का लगभग २० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर ट्रकमा हालेर लगेको थियो।
लोकप्रिय समाचार