Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

झापाको बिर्तामोडबाट लागुऔषध बेचबिखन गर्ने दुई जना पक्राउ

admin

lagu ausadh

झापा — १५, माघ ।

लागुऔषध बेचबिखन गर्ने दुई जनालाई बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–११ का ३५ वर्षीय विनोद श्रेष्ठ (प्रधान) र सोही स्थानका ३२ वर्षीय दिनेश प्रधान लागुऔषध सहित पक्राउ परेका छन् ।

लागुऔषध बेचबिखन गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली श्रेष्ठको खोजीमा निस्किएको थियो । श्रेष्ठको डेराको तलासी लिँदा ‘इस्काफ’ लेखेको भरी बोतल ३३ थान, ‘डायलेक्स–डिसी’ लेखेको भरी बोतल १३ थान, ‘नाइट्राभेट–१०’ लेखेको १९२ चक्की, डाईजेपाम, फेनागरन र लुपिजेसिक ७५ सेट बरामद गरिएकोको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध बिक्रि वितरणमा संलग्न दुबैलाई झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको