Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

वर्षा कार्की भईन ‘मिसेस नेपाल आइकन २०१७’

admin

काठमाडौं – भक्तपुरकी वर्षा कार्की ‘मिसेस नेपाल आइकन २०१७’ चुनिएकी छन् । एएनपी मिडिया हाउसद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिँदै वर्षाले चौथो संस्करणको मिसेस नेपाल आईकन जितेकी हुन् । प्रतियोगीतामा उनले बेष्ट स्पीच र बेष्ट परफरमेन्स उपाधि समेत हात पार्न सफल भईन । अभिनेता सुनिल थापाले उपाधि लगाइ दिएका थिए ।
३२ पेशाकर्मी र गृहिणीका बिच भएको अन्तिम स्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भए ।

विभिन्न सांगितीक प्रस्तुतिका साथ अगाडि बढाइएको प्रतियोगितामा बिभिन्न दर्शन बिधामा समेत बिजेता छानिए । अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा अभिनेता सुनिल थापा, अभिनेत्री सञ्चिता लुईटेल, हिसानका अध्यक्ष रमेश सिलवाल, बैंकर अनिता प्रधान, शिक्षासेवी पुर्ण लामा र सरोज प्याकुरेल निर्णायक रहेका थिए । उक्त कार्यक्रम राज मेक अप स्टुडियोका चर्चित मेकअप आर्टिष्ट राज पाण्डेलाई अभिनेता सुनिल थापाले सम्मान गरेका थिए । भने राज पाण्डेले मेक अपमा संलग्न व्युटीसियनहरुलाई प्रमाण पत्र समेत वितरण गरेका थिए ।
चौथो संस्करण मिसेस “मिसेस नेपाल आइकन २०१७” मा सहयोेगी संस्था तथा अतिथी तथा व्यक्तिहरुलाई आयोजक संस्थाका अध्यक्ष लव बहादुर कार्कीले टोकन अफ लव वितरण गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको