Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुईजनालाई समात्यो

admin

काठमाडौं — १५, माघ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ७०७३ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना७ख ५११३ नम्बरको बस जाँचकाक्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भ्लोनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टा–छुट्टै सवारी जाँचकाक्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिए ।

पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको छ ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको