Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

शहीदको योगदानप्रति सबैले सम्मान गरौँ– मुख्यमन्त्री पौडेल

admin

dormani poudel मुख्यमन्त्री डोरमणि पौडेल

हेटौँडा— १५, माघ ।

मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ ।

प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गर्नुभयो ।
हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहनुभएका पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरिएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नलागेको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले नेपालमा स्वतन्त्रता, स्वाधिनता र प्रजातन्त्रको माग राखी आफ्नो जीवन नै अर्पण गर्ने शहीदको त्याग, तपस्या र बलिदानको सदैव स्मरण र सम्मान गरिनुपर्ने बताउनुभयो । जहाँनिया राणा शासनदेखि संविधान निर्माण प्रक्रियासम्मका हरेक आन्दोलनमा शहीदले आफ्नो रगत बगाएर देशमा गणतन्त्र स्थापना भएको र राजनीतिक आन्दोलन समाप्त भएकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश योजना आयोगका सदस्य, प्रदेश सांसद, नेपाली सेनाका मध्यपृतनापति, प्रदेश प्रहरी प्रमुख तथा प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा शहीदको प्रतिमामा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको