Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

‘करिना मेरी आमा होइनन्’-सारा अली खान

admin

sara says kareena is not my mother

काठमाडौं — १५, माघ ।

बलिउड फिल्म ईण्डस्ट्रीमा भर्खरै डेब्यू गरेकी सैफ अली खानकी छोरी सारा अली खानले करिना कपुरको सम्बन्धमा कडा बयान दिएकी छिन् ।

साराले करिना आफ्नी आमा नभएको बताउदै भनिन् ‘उनी मेरा पिताकी पत्नी मात्र हुन् मेरी आमा होइनन् ।’ सारा सैफकी पूर्वपत्नी अमृताकी छोरी हुन् । साराले यी कुरा एक अन्तरवार्ताको क्रममा भनेकी हुन् । साराको यो अन्तरवार्ता अहिले सामाजिक संजालमा निकै नै भाइरल भइरहेको छ ।

साराले फिल्मफेयरलाई दिएको यो अन्तरवार्तामा उनी निकै आत्मविश्वासी देखिएकी थिईन् । साराले आफूले करिनाको वार्डरोबबाट सबै चीज लिन चाहेको समेत बताइन् । साराले आफूलाई करिनाको कलेक्सन निकै मन पर्ने बताउँदै विशेष गरी करिनाका जुत्ता निकै नै मन पर्ने बताइन् । आफूले पाएमा करिनाका भएजति सबै जुत्ता लिने समेत बताईन ।

आफू करिनाको निकै ठूलो फ्यान भएको बताउदै साराले भनिन् ‘मानिसहरु भन्छन् ‘तिमीले करिनालाई मनदेखि माग्यौ त्यसैले उनी मेरी सौतेनी आमा बनिन् ।’

साराले आफू र करिना रामे साथी भएको बताइन् । ‘उनी कहिल्यै मेरी आमा बन्न आइनन्’ साराले भनिन् ‘उनी केवल मेरा पिताकी पत्नी हुन् ।’ साराले आफू कसैसंग प्रेममा नभएको र अहिलेसम्म प्रेममा विछोड नभएको समेत बताइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको