Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

हिमपातका कारण बन्द रहेको रसुवागढी नाका आजदेखि खु्ल्यो

admin

रसुवागढी नाका

रसुवा— १५, माघ ।

केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।

केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिनुभयो ।

बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यही माघ ८ गतेदेखि शुरु भएको हिमपातका कारण रसुवागढीदेखि केरुङसम्म चिनियाँँ भू–भागतर्फको राजमार्गमा भारी हिमपात भएकाले सामान आयातका लागि केरुङतर्फ गएको ३०० भन्दाबढी ट्रक कन्टेनर केरुङमा नै रोकिएका छन् ।

चिनियाँ पक्षले जम्मा भएका हिउँ सडकबाट पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको हो । आज दिनभरमा २०० को हाराहारीमा मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गर्ने अनुमान गरिएको गुल्मपती केसीले जानकारी दिनुभयो ।
रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको