Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

‘इन्टिमेट’ लिएर आए डेभिड

admin

काठमाडौं, गायक डेभिड शंकरले आफ्नो जन्मदिनमा ‘इन्टिमेट’ लिएर आएका छन् । मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच उनको दोस्रो एल्बम ‘इन्टिमेट’ सार्वजनिक गरिएको हो । बरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा चुडामणि देवकोटा, सङ्गीतकार राजु सिंह, महेश खड्का, विकास चौधरी, लोक गायक तुलसी पराजुली, शंकर अधिकार ‘घायल’ पत्रकार डब्बु क्षेत्री, डेभिडका बुबा भवानी शंकरलगायतले एल्वम विमोचन गरेका थिए ।

‘इन्टिमेट’मा ‘म तिम्रो यादमा रुन पनि नसक्ने…’ ‘तिमीले सुनेऊ र…’, ‘आज आफ्नै जिन्दगीमा…’, ‘आइकम बिकम…’, ‘छम् पाउजुको तालैमा…’ जस्ता पाँच गीत रहेका छन् । एल्वममा रहेका गीतमा डम्बर नेपाली, फराज अर्पण, बिकास चौधरी, शंकर अधिकारी ‘घायल’ पुरन थापा र डेभिड आफैँको शब्द, सङ्गीत रहेको छ ।

कार्यक्रममा अतिथिहरुले उनलाई शुभकामाना दिएका थिए भने जन्मदिनको अवसरमा बजारमा आएको ‘इन्टिमेट’ले राम्रै चर्चा पाउने दाबी गरेका थिए । ‘आफ्नो सन्तानको प्रगतिमा खुशी छु, आज मेरो यो सवैभन्दा खुशीको क्षण हो’, डेभिडका बुबा भवानीले भने ।


‘मैले सपनामा प्रेम ध्वज प्रधानलाई देखिरहेको र आफ्नो एल्बम उहाँकै हातबाट सार्वजनिक गर्न पाउदा खुशी छु’, डेभिडले भने । ‘मलाई दर्शक–स्रोताले माया गरिरहनु भएको छ, अझ बढी माया गर्नुहुनेछ ‘इन्टिमेट’लाई’ उनले आशा व्यक्त गरे । उक्त अवसरमा एल्बममा समाबेश आइकम बिकम बोलको गीतको भिडियो सहित उक्त गीतको भाबको डकुमेन्ट्रि पनि सार्वजनिक गरिएको गरिएको थियो । फराज अर्पणले निर्देशन गरेको डकुमेन्ट्रिमा डेभिडले नै अभिनय गरेका छन् ।

सुगम सङ्गीतमा आफूलाई अब्बल बनाउँदै लगेका डेभिड पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् । २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर साङ्गीतिक क्षेत्रमा सक्रिय गायक शंकरले २०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि जितेपछि पछाडि फर्किएर हेर्नुपरेको छैन । उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ सालमै बजारमा आएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको