Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

भारतबाट अहिलै निकै गुणस्तरहिन कस्मेटिक उत्पादनहरु भित्रिरहेका छन्: सल्चना ख्याजु

admin

विदेशमा उत्पादन हुने सौन्दर्य सामग्रीहरु नेपालमा आउने क्रम बढेको छ । यहि क्रममा पोल्याण्डमा उत्पादन हुने पायस ब्राण्डको कस्मेटिक सामग्री नेपालमा विक्रि वितरण गर्ने कृष्णभक्त इन्टरप्राजेजका प्रबन्ध निर्देशक सल्चना ख्याजुसंग नेपालमा कस्मेटिक सामग्रीको बजार अवस्था र समस्याका बारेमा मनोज थापाले गरेको कुराकानी :


तपाईको कम्पनिको बारेमा भन्दिनुस् न ?
कृष्णभक्त इन्टरप्राइजेजले पोल्याण्डमा उत्पादन भएको पायस ब्राण्डको कस्मेटिक सामग्री नेपालमा ल्याएर विक्रि वितरण गर्ने कम्पनि हो । राइस पाउडर, बम्बु पाउडर, अर्गान आयल, फिरम वेल जस्ता उत्पादन नेपालमा विक्रि गर्ने हो ।
तपाईले नेपालमा ल्याउन लाग्नु भएको कस्मेटिक सामग्रीको फाइदाहरु के के छन् ?
छालालाई कुनै प्रकारको हानी नोक्सानी गर्दैन । यसको प्रयोगले छालालाई राम्रो बनाउँदछ । सबै प्रकारको छालामा प्रयोग गर्न सकिन्छ । कुनै साईड ईफेक्ट गर्दैन । प्रयोग पछिको परिणाम पनि सोचे जस्तो हुन्छ ।
नेपालमा यसको बजार कस्तो देख्नु भएको छ ?
नेपालमा सौन्दर्य सामग्रीको निकै ठुलो वजार छ । हरेक दिन प्रयोग हुने सामाग्री भएकोले यसको प्रयोग संख्या पनि अझ बढ्ने देखेर नै नेपालमा भित्र्याउन लागेका हौं । जतिले प्रयोग गर्नु भएको छ राम्रो भन्नु भएको छ । जसको कारण पनि नेपाली बजार राम्रो हुन्छ भन्ने अपेक्षा लिएका छौं ।
अन्य कम्पनिहरुसंग प्रतिस्पर्धा गर्न सकिन्छ ?
प्रतिस्पर्धा निकै छ । अझ अस्वस्थ प्रतिस्पर्धा छ । भारतबाट अहिलै निकै गुणस्तरहिन कस्मेटिक उत्पादनहरु भित्रिरहेका छन् । जसको वजार मूल्य पनि सस्तो छ । तर त्यसले पु¥याउने क्षति भने निकै भयावह हुन्छ । तर पनि ग्राहकहरु सचेतना पनि क्रमिक रुपमा बढदैछ । अचेल ब्राण्डलाई नै रुचाउन थालेका छन् । त्यसकारण हामीले ल्याउन लागेको कस्मेटिक सामानहरु राम्रो, गुणस्तरिय र कुनै प्रकारको हानी नगर्ने भएको हुँदा अन्य कम्पनिको उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्छौं ।
तपाईहरुको लक्षित वर्ग कुन हो ?
हाम्रो लक्षित वर्ग भनेको सौन्दर्य सामग्री प्रयोग गर्ने सम्पूर्ण नै लक्षित वर्ग हो  । मध्यम वर्ग भन्दा केहि माथिका ग्राहकरुले निकै प्रयोग भएको युरोप तिरको आंकलन भए पनि नेपालमा मध्यम वर्गहरुमा पनि अहिले गुणस्तरीयतालाई वढी ध्यान दिने ग्राहकहरु बढ्दो भएकोले वहांहरु पनि यो ब्राण्डका लक्षित वर्ग हुन ।
बजारीकरण गर्नका लागि के गरिरहनु भएको छ ?
अहिले व्युटिपार्लरहरुमा केन्द्रीत गरेका छौं । किन भने प्रयोगकर्ता त्यहाँ नै मेकअप गर्न आउने भएको हुँदा हाम्रो उत्पादनको बारेमा ग्राहकहरुलाई थाहा हुन्छ र खरिद गर्नु हुन्छ । र यहि ब्राण्डको माग गर्नु हुन्छ । सजिलैसंग वजार विस्तार गर्न सहज हुन्छ । अनलाईन मार्फत बजारमा विक्री वितरण गरिने छ ।
कतिको महंगो छ ?
नेपाली बजारमा भएका गुणस्तरीय कस्मेटीकहरुको तुलनामा सामान्य नै हो । महंगो खासै छैन् । तर हाम्रा सामाग्रीहरु गुणस्तरियता र राम्रो उत्पादन केहि महंगो हुनु स्वभाविक हो । नेपाली बजार अनुसारको दर रेटमा हामी विक्री वितरण गर्छौ ।
अन्त्यमा ?
ब्राण्डेड सामग्री भएको हुँदा ढुक्क भएर प्रयोग गर्न आग्रह गर्दछु । नेपालमा पहिलो पटक भित्रिएको गुणस्तरतामा निकै ध्यान दिएको युरोपमा लोकप्रिय ब्राण्डको रुपमा परिचित पायस ब्राण्डलाई प्रयोग गरेर हेर्न अनुरोध गर्दछु ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको