Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चर्चित कलाकार बिएस राणाको ७९ वर्षको उमेरमा निधन

admin

बिएस राणा

काठमाडौं— १८, माघ ।

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए ।

करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गरेका राणाले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।

उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका छन् ।

काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनको श्रीमती र तीन छोरी छन् । उनको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको