Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

मोडल सङ्ग्स नेपालद्वारा जनकपुरमा आयोजित अल स्टार नेपाल सुपर टप मोडलको उपाधि नुर खान र तृषा झा लाई

admin

काठमाडौं— २०, माघ ।

नुर खान र तृषा झाले अल स्टार नेपाल सुपर टप मोडल,२०१९ सिजन-२ को उपाधि चुमेका छन् ।

all star supr top model nepal 2019

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा अवार्ड शो आयोजना गरेर चर्चा कमाउन सफल मोडल सङ्ग्स नेपालको आयोजनामा जनकपुरस्थित मसला कटेज भेन्युमा आयोजित अल स्टार नेपाल सुपर टप मोडल,२०१९ सिजन-२ को ताज युवतीतर्फ तृषा झा र पुरुषतर्फ नुर खानले हात पारेका हुन् ।

all star supr top model nepal 2019

प्रतियोगितामा पुरुषतर्फ अमित कुमार साह र कार्तिक यादवले क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअपको ताज हात पारे । त्यसैगरी युवतीतर्फ रेजिना यादव र रिमा मण्डलले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया रहनु भएको थियो भने प्रतियोगिताको निर्णायक मण्डलमा संचारकर्मी नव ढुङ्गेल, चलचित्र निर्देशक बिकाश वस्याल, मोडल उज्ज्वल केसी, वासुदेव उपाध्याय तथा दिपिका उपाध्याय रहनुभएको आयोजक सुमित शर्माले जनाए ।

all star supr top model nepal 2019

सौन्दर्य प्रतियोगिताहरु राजधानी केन्द्रितमात्र भईरहेको अवस्थामा जनकपुर क्षेत्रका महिला तथा पुरुषहरुको लागि लक्षित गरी आयोजना गरिएको उक्त सौन्दर्य प्रतियोगितामा उत्कृ्ष्ट प्रतिभाहरुलाई भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले रहेको मोडल सङ्ग्स नेपालका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले जनाए ।

कृष्ण कामत र सुमित शर्माको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन रन्जीत पौडेलले गरेका थिए ।

all star supr top model nepal 2019

प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो प्रशिक्षणको क्रममा फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइएको थियो भने नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसनल कक्षा तथा व्यक्तित्व विकास सम्बन्धि बिबिध विषयमा विशेष प्रशिक्षण प्रदान गरीएको कार्यक्रम निर्देशक कृष्ण कामतले जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको