Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

सिंगापुरमा आयोजना हुने हेरिटेज पेजेन्ट २०१९ का लागि कोरिग्राफर रोजिन शाक्य नियुक्त

admin

Rojin shakya as International coreographer and emcee og heritage pageant

काठमाडौं— २०, माघ ।

विभिन्न उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रियता र निरन्तरता राखेका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्ट २०१९का लागि अफिसियल कोरियोग्राफरका रुपमा नियुक्त भएका छन् ।

आगामी फेब्रअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा संचालन हुने यो प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को विजेता छनौट हुनेछ । प्रतियोगिता ई प्लानेट प्रा.लि.को ब्यानरमा संचालन हुन लागेको हो ।

यस अघि सो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण नेपालमा, दोस्रो संस्करण भारत तथा तेस्रो संस्करण श्रीलंकामा संचालन भएको थियो । वितेका तीन वटै संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए । अन्तर्राष्ट्रिय मंचमै सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा संचालन भएको पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ मा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए ।

फेसन कोरियोग्राफी बाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ, डकुमेन्ट्रि स्क्रिप्ट तथा प्रपोजल लेखन, भ्वाइस ओभर, इभेन्ट म्यानेजमेन्ट लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका रोजिन शाक्य वर्ष २०१८ को अप्रिल ७ मा मलेसियाको क्वालालम्पुरमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत अन्तर्राष्ट्रिय पुरस्कार वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानीत भएका थिए ।

हालै मलेसियामा सम्पन्न एउटा भव्य समारोहवीच अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएका छन् । गत चैत्र २४ अर्थात् अप्रिल ७ तारिखमा मलेसियाको क्वालालम्पुर अवस्थित द प्यालेस अफ गोल्डेन हर्सेस् नामक होटलमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानीत भएका हुन् ।

यस विधामा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने रोजिन पहिलो नेपाली हुन् । उनलाई यस पुरस्कारका नेपालस्थित ई प्लानेट प्रा.लि.ले मनोनीत गरेको हो । सम्बन्धीत विधामा रोजिन हासिल गरेको उपलब्धि, पु¥याएको महत्वपूर्ण योगदान र निरन्तरताको उच्च मुल्यांकन गर्दै उल्लेखीत अवार्डबाट रोजिनलाई सम्मानीत गरेको हो ।

एशिया एक्सिलेन्स आन्टरप्रिनर फेडरेसनले वार्षिक रुपमा आयोजना गर्दै आएको यो अवार्ड समारोहले विश्वका ट्यालेन्ट भएका, आफ्नो क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका विश्व चर्चित व्यक्तित्वहरुको योगदान र उपलब्धीको कदर गर्दै यो अवार्ड प्रदान गर्ने गरेको छ ।

डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् ।

नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि संगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि भएका नेपाली प्रतिनिधि पात्रहरुको पनि ग्रुमिङ र सफल उपलब्धी पनि हासिल गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको