Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

रुदीखोलामा बस खस्यो, दुई जनाको मृत्यु

admin

कास्की र लमजुङ जोड्ने लमजुङको मध्यनेपालको मोटरेवल पुल भाँचिएर बस खोलामा खस्दा २ जनाको मृत्यु भएको छ । एक जना खोलाले बगाएर बेपत्ता भएका छन् । पोखराबाट कास्कीको बिलुवावेशी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको बस लमजुङको सीमाक्षेत्र रुदी खोला तर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको थियो ।

खोलामा खसेको बसले च्यापिदा २ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमजुङ कोहोला सोथर गाउँपालिका चरागाउँका ५० वर्षीय खेमबहादुर गुरुङ र पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३० का ५५ वर्षीय गाइने विक छन् । उनीहरुको शव बसले च्यापिएको ठाउँबाट निकालिएको कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।  दुर्घटनामा घाइते भएका २७ मध्ये गम्भीर घाइते भएका ९ जनालाई पोखरा ल्याइएको छ । पोखरा ल्याइएका मध्ये कास्कीको मादी गाउँपालिका वडा नम्बर ९ की सुशीला गुरुङको अवस्था गम्भीर रहेको कास्की प्रहरीले जनाएको छ । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य १८ जनाको भने स्थानिय अस्पतालमा उपचार गरिएको छ । बेपत्ता एक जनाको भने पहिचान खुल्न सकेको छैन ।

पोखरा ल्याइएका अन्य ८ जना घाइतेहरुमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ की स्मृति गुरुङ, लमजुङ चरागाउँकी टीका क्षेत्री, लमजुङ मध्यनेपाल नगरपालिकाका मंगलबहादुर विक, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३० का कृष्ण रिजाल, लमजुङ पसगाउँका पूर्णबहादुर गुरुङ, लमजुङ भोजेका लक्ष्मण गुरुङ, पोखरा लेखनाथ महानगरपालिका प्रस्याङका डिल्लीराम लामिछाने र उनकी ७ वषिर्या छोरी मनिका लामिछाने रहेका छन् । उनीहरु सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको