Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ सकियो, करिव चार लाखले अवलोकन

admin

can info tech

काठमाडौं— २१, माघ ।

सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो ।

मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिजए । भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करणको मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए ।

सूचना प्रविधि मेला अवलोकन गर्न मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न दलका नेता, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि भृकुटीमण्डप पुगेका थिए । क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिसँगै सूचना प्रविधि मेलाको औचित्य थप प्रभावकारी बन्दै गएको बताउनुभयो ।

सूचना प्रविधि मेलाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क अवलोकनको सुविधा दिइएको थियो । रोबोट ब्याटल प्रतिष्पर्धामा मिनी पुस बुटतर्फ सुरज पटवारी विजयी भए भने पवनदेव शर्मा उपविजेता बने । कम्ब्याट रोबोट ब्याटलतर्फ सोनाम घिमिरे विजेता तथा पवनदेव शर्मा उपविजेता भए । अटोनोमस रोबोट ब्याटलतर्फ राजेश धुसु, रविन पराजुली, सुशील श्रेष्ठ र सरोज गुराव विजयी भए भने सञ्जीव गोसाईं, प्रकाश श्रेष्ठ, विजयकुमार फुयाँल र सागर खरेल उपविजेता बने ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको