Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

ब्रेकअपपछि एक–अर्काविरुद्ध उत्रिएका सेलेब्रिटी

admin

axaya, jaqleen and suny dewal

काठमाडौं— २१, माघ ।

अक्षय कुमार–शिल्पा सेट्टी
अक्षय कुमार र शिल्पा सेट्टीको प्रेमसम्बन्धले बलिउडमा खुब चर्चा पाएको थियो । यी दुईले केही फिल्ममा सँगै काम गरे । ‘मै खिलाडी तु अनाडी’ र ‘धड्कन’ जस्ता सफल फिल्ममा पनि देखिए । तर, यी दुईको सम्बन्ध भने लामो समय चलेन । एक समय यस्तो पनि आयो कि दुईले एक–अर्काको कुरा सुन्न पनि चाहँदैनथे । सम्बन्धविच्छेदपछि शिल्पाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘अक्षय कुमारले कसैका लागि भनेर मलाई धोका दिएका छन् र अब म उसको साथमा कहिल्यै काम गर्न चाहन्नँ ।’

विवेक ओबराय ऐश्वर्या राय बच्चन
सलमान खानपछि ऐश्वर्याको नाम विवेक ओबरायसँग जोडियो । तर, दुईको सम्बन्ध लामो समयसम्म भने चलेन । एक–अर्कासँग टाढिए । त्यसपछि विवेक ओबरायले एक अन्तर्वार्तामा ऐश्वर्याको दिल प्लास्टिकको भएको बताएका थिए ।

बलिउड कलाकारबीच प्रेम र झगडा आक्कलझुक्कल मात्र देख्न सकिन्छ । कोही स्टारले प्रेमसम्बन्धबाट आफूलाई अलग बनाएर गए भने कोही भने पूर्वप्रेमी वा प्रेमिकाबारे बोलेर चर्चामा आए ।

ऋतिक रोशन कंगना रनौत
कंगना रनौत र ऋतिक रोशनको विवादले मिडियामा खुब चर्चा पायो । अहिले पनि कहिलकाहीँ चर्चा पाउने गर्छ । यी दुई एक–अर्काविरुद्ध खुलेर बयान दिँदै हिँडेका थिए । एक अन्तर्वार्तामा कंगनाले भनेकी थिइन्, ‘ऋतिक र उसको पिता मेरो छवि खराब गर्ने कोसिस गरिरहेका छन् ।’ कंगना विवादास्पद अभिव्यक्तिका कारण अहिले पनि चर्चामा आइरहन्छिन् ।

साजिद खान र ज्याकलिन फर्नान्डिज
साजिद खान र ज्याकलिन फर्नान्डिजको सम्बन्ध लामो समय चल्यो । तर, यी दुईको जीवनमा यस्तो मोड आयो, दुवै आ–आफ्नो बाटो लागे । यहाँसम्म कि साजिदले आफ्नो फिल्म ‘हिम्मतवाला’ फ्लप हुनुको कारण ज्याकलिन भएको आरोप लगाएका थिए । अहिले भने केही अभिनेत्रीले साजिदमाथि यौन शोषणको आरोप लगाएका छन् । यही आरोपका कारण साजिदले ‘हाउसफुल ४’ फिल्म छाड्नुपरेको छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको