Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठ चयन

admin

Bhuwan Shrestha

काठमाडौं— २२, माघ ।

नेपालका नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको छ। काठमाडौंको पुतलीसडक स्थित केन्द्रिय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको हो।

नेपाली नृत्य निर्देशकहरुको हक, हित तथा अधिकारका लागि घनिभूत रुपमा बहस तथा छलफल भएको थियो। दोश्रो साधारण सभाले नयाँ कार्य समिति समेत निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष भुवन श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको प्र्रमुख निर्वाचन अधिकृत सन्तोष रानामगरले भिजन संसार डटकमलाई बताएका छन्।

Bhuwan Shrestha

प्रमुख निर्वाचन अधिकृत रानामगरका अनुसार अध्यक्ष भुवनदास श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ तथा दुई उपाध्यक्ष संजय शर्मा र भावना कार्की रहेका छन्। महासचिवमा नृपध्वज खत्री र सचिव ज्ञानवहादुर महर्जन तथा सहसचिव रवि रानामगर, कोषाध्यक्ष शारदा सोती शर्मा, सहकोषाध्यक्ष केशव कोइराला छन्।

सदस्यहरुमा याम गुरुङ, शंभु शाही, ऋषिकेश श्रेष्ठ, रोहिया महर्जन, स्वयना योञ्जन र प्रमिला कार्की ढकाल रहेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको