Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

बहुमतको दम्भमा सरकार तानाशाही बन्दैछ : कांग्रेस नेता सिटौला

admin

krishna prasad sitaula

धनकुटा— २२, माघ ।

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार बहुमतको दम्भमा तानाशाही बाटोमा अघि सरेको आरोप लगाएका छन् । सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा लोकतान्त्रिक चरित्रमा अघि नबढेकोले खबरदारी गर्नुपर्ने परिस्थिति बनेको उनको तर्क थियो ।

पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा पुगेका नेता सिटौलाले मंगलबार बिहान पत्रकार भेलामा उक्त कुरा बताएका हुन् । पार्टीका महामन्त्री समेत रहेका सिटौलाले सरकारले दृष्टि गुमाएकोले दृष्टि फर्काउन कांग्रेसको प्रयास रहेको उल्लेख गरे । प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई सचेत गराउन आफ्नो पार्टी अघि सरेको भन्दै उनले सरकार सच्चिएर जान जरुरी रहेको तर्क राखे ।

‘हामीले सरकारको दृष्टि फर्काउन खबरदारी गरेका हौं’, उनले भने, ‘सरकार दुई तिहाइको दम्भ नदेखाई लोकतान्त्रिक चरित्रमा हिँड्नु पर्छ ।’

सरकारले महाअभियोगको डण्डा देखाएर संवैधानिक अंगमा प्रतिपक्षलाई वेवास्था गरेर हस्तक्षेपकारी भुमिका निभाएको सिटौलाले आरोप लगाए । यसैबिच फरक प्रसंगमा सिटौलाले कांग्रेस पार्टीको मुहान धमिलो भएकोले सङ्लो बनाउने अभियानमा आफू जिल्ला भ्रमणमा निस्किएको बताए ।

आगामी महाधिवेशनमा सभापति पदको प्रत्यासी हुन जनमत बटुल्न देश दौडाहामा निस्कनु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा सिटौलाले नानी पाउनु कहिलेकहिले कोक्रो बुन्नु अहिले भन्ने ठट्यौली गरे । सिटौला मुलुकभरका ५९ जिल्लाको भ्रमणका क्रममा प्रदेश नं. १ का जिल्लामा छन् ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको