Logo
20 Apr 2024    ८ बैशाख २०८१, शनिबार

ताजा खबर

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने कामलाई तीब्रता दिन गृहको निर्देशन एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार

बच्ची अपहरण गर्ने गुप्ता महोत्तरीको भित्तामोडबाट पक्राउ

admin

hatkadee

काठमाडौं— २२, माघ ।

प्रसुती गृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उहाँले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताउनुभयो । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए ।

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको