Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

के अमेरिका जाने सोच बनाउनुभएको छ ? भिसा लाग्ने आधार र योग्यता यी हुन

admin

us embassy in nepal

काठमाडौं— २२, माघ ।

विश्वकै महाशक्ति राष्ट्र अमेरिकाको भ्रमण भिसा (प्रवेशाज्ञा) प्राप्त गर्नु गरीब देशहरुका नागरिकका लागि झन्झटको विषय रहिआएको छ ।

भिसा प्राप्त गर्ने योग्यता हुँदाहुँदै पनि सानो गल्तिका कारण आवेदक भिसा प्राप्त गर्न अयोग्य हुन सक्छन् । भिसाका लागि व्यवसायीक र व्यापारीक हैसियत, ख्याती, भ्रमणका लागि प्रशस्त पैसा रहेको आधार र फर्केर आउने सुनिश्चितता खोज्छन् ।

अमेरिकी अध्यागमन र राष्ट्रियता ऐनले तोकेको योग्यता दूतावासका भिसा अधिकारीसमक्ष पुष्टि गर्न सकेपछि मात्र अमेरिकाको पर्यटन भिसा प्राप्त गर्न सकिन्छ ।

खासगरी भिसा जारी गर्दा तपाईंको व्यवसायीकता, ख्याती, आर्थिक हैसियत, जानुपर्ने आधार, फर्केर आउने सुनिश्चिततालाई केन्द्रमा राखेर निर्णय लिइन्छ । आफ्नो यात्राको पुष्टि गर्दा निम्न लिखित बुँदाहरु भिसा कन्सुलरलाई प्रस्टाउन सक्नुपर्छ ।

– अमेरिका भ्रमण गर्नुको उद्देश्य के हो ? तपाईं व्यापार गर्न चाहनुहुन्छ, पर्यटनका लागि, उपचार गर्न या अन्य के कामले अस्थायी भ्रमणको जरुरी छ ?

– तपाईं जानैपर्ने कुनै विशिष्ट कारण र भ्रमण अवधिको मूल्यांकन ।

– तपाईंको अमेरिका भ्रमणको खर्चको आधार र प्रमाण ।

– तपाईंको अमेरिकासँगको बाध्यकारी सामाजिक वा आर्थिक सम्बन्ध , भिसा कन्सुलरलाई तपाईं फर्कनुहुन्छ भन्ने सुनिश्चित हुनु आवश्यक छ ।

– कुनै व्यक्तिको आफ्नो घरायसी काम गर्ने कर्मचारीहरु जल या हवाइ चालक दलका सदस्यहरु पनि भिसाका लागि योग्य हुन्छन् ।

केही विदेशी नागरिकहरूलाई अध्यागमन र राष्ट्रियता ऐन अनुसार भिसाको लागि अयोग्य हुन सक्छन् ।

तपाईंले अध्यागमन, राष्ट्रियता ऐन र भिसा अयोग्यताको बारेमा थप जानकारीका लागि खबरहबलाई निरन्तर हेर्दै गर्नुहोला । यी र यस्तै विविध विषमा पाठकलाई हामी निरन्तर जारकारी प्रदान गर्ने छौं ।

(खबरहब)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको