Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

नेपालमा आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने

admin

shram tathaa rojagaar mantralaya

काठमाडौं— २३, माघ ।

नेपालमा संचालित हुने कुनै पनि प्रकारको खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा इजाजत लिनुपर्ने उल्लेख गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राखेपसंग विदेशी खेलाडीहरु समावेश गराई क्रिकेट लिग खेलाउदै आएका संस्थाहरुको नाम, ठेगाना तथा प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ ।

श्रम इजाजत नलिई विदेशी खेलाडीलाई समावेश गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि मन्त्रालयले यस विषयमा चासो दिएको हो ।

सरकारले श्रम स्वीकृतिमा कडाई गरेपछि यसको प्रत्यक्ष असर अर्को हप्ताबाट धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पर्ने देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको