Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

नेपालमा आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने

admin

shram tathaa rojagaar mantralaya

काठमाडौं— २३, माघ ।

नेपालमा संचालित हुने कुनै पनि प्रकारको खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा इजाजत लिनुपर्ने उल्लेख गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राखेपसंग विदेशी खेलाडीहरु समावेश गराई क्रिकेट लिग खेलाउदै आएका संस्थाहरुको नाम, ठेगाना तथा प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ ।

श्रम इजाजत नलिई विदेशी खेलाडीलाई समावेश गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि मन्त्रालयले यस विषयमा चासो दिएको हो ।

सरकारले श्रम स्वीकृतिमा कडाई गरेपछि यसको प्रत्यक्ष असर अर्को हप्ताबाट धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पर्ने देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको